राजनीति

नेता शाहको ट्वीटः कम्युनिष्ट सरकार मनलाग्दी गर्दै हिडेकाले कांग्रेस एक ढिक्का हुनुको विकल्प छैन !

काठमाडौं । नेपाल विद्यार्थी संघका वरिष्ठ नेता ऋषिकेश जंग शाहले नेपाली कांग्रेसको एउटा ठुलो समस्या नेता तथा कार्यकर्ता ब्यबस्थापन गर्न नसक्नु भएको बताएका छन् । शुक्रबार एक ट्वीट गर्दै यस्तो बताएका हुन् ।

नेता शाहले कांग्रेस विधान संशोधनमा सुझाव माग्दा पनि नेतृत्वलाई गाली गर्ने प्रबृत्ति देखा परेको र यो प्रबृत्तिले पार्टीलाई कमजोर बनाउने जनाएका छन् ।

पार्टी भित्रका नेताकार्यकर्तालाई ब्यबस्थापन नै अहिलेको मुख्य चुनौती रहेको भन्दै त्यो चुनौतीलाई पार लगाउन गाउ र नगरपालिका, प्रदेश समिति र केन्द्रीय समितिको संरचना तयार पार्नुपर्नेमा नेता शाहको जोड छ ।

देशमा कम्युनिस्टहरुको शक्तिशाली सरकार भएको र त्यो सरकारले मनलाग्दी गर्दै हिडेको भन्दै सरकारलाई नीतिनियमको बाटो ल्याउन पनि कांग्रेसको संगठन बलियो चुस्तदुरुस्त हुनुपर्ने उनको निचोड थियो ।