राजनीति

मिश्र बन्लान् प्रधानन्यायाधीश ? सुनुवाईको मिति तोकियो

काठमाडौं । प्रधानन्यायधाीशका लागि सिफारिस गरिएका प्रस्तावीत प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाई भदौँ २५ गते हुने भएको छ । लक्ष्मणलाल कर्णको अध्यक्षतामा बसेको संसदीय सुनुवाई समितिले यस्तो निर्णय गरेको हो ।

यसअघि अस्वीकृत भएका वरिष्ठतम न्यायाधीश दीपकराज जोशी जस्तै मिश्रविरुद्व पनि विभिन्न खालका उजुरी परेका छन् ।

भदौँ २४ गते ती उजुरीकर्तासँग छलफल गरिने र २५ गते उनको संसदीय सुनुवाई गरिने प्रतिनिधीसभा अन्तर्गतको उक्त समितिका एक सदस्यले बताए ।

भदौँ ८ गतेको संवैधानिक परिषद्को बैठकले मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेलगत्तै उजुरीका लागि १० गते देखि २० गतेसम्मको समय तोकिएको थियो ।

सो अवधिमा मिश्रमाथि परेका उजुरीहरुमध्ये त्रिभुवन विश्वविद्यालयको गणित विषयको उपप्राध्यापक नियुक्तिको क्रममा लिइको परिक्षाको प्रश्नपत्र आउट गर्ने नन्दकिशोर पुनलाई छुट दिएको, पत्नी हत्याको आरोपमा सजाय काटिरहेका सशस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोइरालाको मुद्दामा घुस लिएर झगडीया झिकाउने आदेश दिएको लगायत रहेका छन् ।