राजनीति

अझैँ मथ्थर भएन झलनाथको रिस, भन्छनः ओलीविरुद्ध संघर्ष गर्छु, प्रचण्ड र नेपाल पनि ठिक छैनन् !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो वरियता पछि गरिएकामा रुष्ट बन्दैँ गएका छन् । नेता खनालले एक टेलिभिजन अन्तर्वार्तामा पार्टीअध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डमाथि रोस प्रकट गरिएको हो ।

माधव नेपाललाई झलनाथ खनालभन्दा अगाडीको वरियतामा राखिएको छ । आफूमाथि अपमान गरिएको भन्दैँ अध्यक्षद्वय ओली र प्रचण्डविरुद्व मिडियामा कड्किदैँ आएका खनालले यसरी पार्टी नचल्ने बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका खनालले आफूमाथि ठूलो अन्याय भएको बताए । “कम्युनिष्ट पार्टीले कसैलाई अन्याय गर्न पाईदैन । पार्टीभित्र नै अन्याय भयो भने बाहिर के हुन्छ ? कुनैबेला न्याय नपाए गोरखा जानु भनिथ्यो । अब न्याय नपाए नेकपामा जानु भन्ने हो । नेकपामै अन्याय हुन थालेपछि के हुन्छ ?”

माधव नेपालले पनि उक्त वरियता स्वीकार गरेकोे देखेर आफू अचम्मित भएको नेता खनालको भनाई थियो ।