राजनीति

सांस्कृतिक संघद्वारा कांग्रेस विधान मस्यौदा समितिलाइ १५ बुदे सुझाब तथा मागपत्र हस्तान्तरण

काठमाडौँ । नेपाल सांस्कृतिक संघले विभिन्न आफ्ना १५ बुदे माग तथा सुझाब सहित नेपाली कांग्रेस विधान मस्यौदा समितिका संयोजक तथा नेपाली कांग्रेशका महामन्त्री पूर्ण बहादुर खड्कालाइ मागपत्र हस्तान्तरण गरेको छ ।

उक्त अबसरमा नेपाल सांस्कृतिक संघका टोलीले नेपाली कांग्रेसका उप सभापति बिमलेन्द्र निधि, नेता रमेश लेखक लगायतका अन्य नेताहरुलाई भेटि आफ्ना मागहरुको बारेमा प्रष्टाएको थियो ।

नेपाल सांस्कृतिक संघका सभापति तीर्थबहादुर थापा नेतृत्वको टोलीले नेपाली कांग्रेसको अब बन्ने विधानमा आफ्ना मागहरु समेटिनु पर्ने र नेपाल सांस्कृतिक संघलाइ पार्टीले पहिचान सहित अगाडी बढाउनुपर्ने कुराको माग राखेको थियो ।