राजनीति

निर्बाचनका बेला अन्तरघात गर्नेहरुले पार्टी छाडेर काँग्रेस सकिदैन, बरु बलियो हुन्छ: डा. कोईराला

काठमाण्डौ । नेपाली कॉग्रेसका प्रभाबशाली नेता डा शेखर कोईरालाले निर्वाचनका समयमा पार्टीका उम्मेदवार हराउन र पार्टी कमजोर बनाउन लाग्नेहरु पार्टी छाडेर गएपनि फरक नपर्ने बताएका छन्।

 

‘तपॉईहरु अरु पार्टीका मान्छेसॅग मिल्नुहुन्छ तर आफ्नै पार्टीका साथीहरुसॅग मिल्न सक्नुहुन्न, संगठन कसरी बलियो हुन्छ ? केन्द्रले टिकट एउटालाई दिन्छ, त्यही दिनदेखि अर्को समुह आफ्नै पार्टीको उम्मेदवार हराउॅन दलबलका साथ लाग्छ, अनि कसरी जित्छ ?’

पार्टी ईतिहासकै कमजोर अवस्थामा पार्टीको आदर्श र मर्म बिपरित काम गर्ने छुट पार्टीका कुनै पनी तहका ब्यक्तीलाई नरहेको पनि बताए। नेपाली कॉग्रेस बुढीगंगा गाउॅपालिका-७ कार्यसमिती,मोरङले आयोजना गरेको ‘नेपाली कॉग्रेस-आन्तरिक द्द्वन्द ब्यवस्थापन’ बिषयक प्रशिक्षणलाई संबोधन गर्दै डा कोईरालाले कार्यकर्तामाझ भने, ‘तपॉईहरु अरु पार्टीका मान्छेसॅग मिल्नुहुन्छ तर आफ्नै पार्टीका साथीहरुसॅग मिल्न सक्नुहुन्न, संगठन कसरी बलियो हुन्छ ? केन्द्रले टिकट एउटालाई दिन्छ, त्यही दिनदेखि अर्को समुह आफ्नै पार्टीको उम्मेदवार हराउॅन दलबलका साथ लाग्छ, अनि कसरी जित्छ ?’
कार्यक्रममा पुर्वराज्यमन्त्री हरिनारायण चौधरी, प्रदेससभा सदस्य केदार कार्की लगायतले आ-आफ्नो धारणा राखेको थिए।

स्पष्ट नेताका रुपमा परिचित काँग्रेस केन्द्रीय सदस्य डा कोईरालाले निर्बाचनका बेला अन्तरघात गर्नेहरुले पार्टी छाडेर गए काँग्रेस कमजोर नहुनै बरु बलियो हुनेतर्फ संकेत गर्दै बोलेका थिए ।