खेलकुद

भुटानको गोलपोष्टमा गोलको बर्षा गर्दै नेपालले ४–०ले मार्यो बाजी !

काठमाडौँ । साफ च्याम्पियन्ससिप फुटबलमा नेपालले भुटानविरुद्ध लगातार गोल गर्दै ४–० को जित हात पारेको छ । बङ्गलादेशको ढाकामा जारी खेलमा अनन्त तामाङले २१ औं मिनेटमा गरेको पहिलो गोलबाट अग्रता लिएको थियो ।

त्यसको केही समयपछि रिवाउण्डमा आएको बललाई सुनील बलले भुटानको गोलपोष्टमा दोस्रो गोल बर्साएका छन् । भरत र निराजनले क्रमशः तेस्रो र चौँथो गोल गरेपछि ४–० ले पछि परेको हो ।

खेलमा भुटान निरीह बनेको छ । यो खेल नेपालका लागि जित्नै पर्ने थियो ।