समाचार

वार्षिक प्रतिवेदन सदनमा पेश

काठमाडौँ । प्रतिनिधिसभा आजको बैठकमा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले छुट्टा छुट्टै तीन निकायका वार्षिक प्रतिवेदन सदन समक्ष प्रस्तुत गरे ।

ती प्रतिवेदनमा सर्वोच्च अदालत, महान्यायाधिवक्ताको, न्याय परिषद् र न्याय सेवा आयोगको आव २०७३/०७४ को वार्षिक प्रतिवेदन रहेका छन् । यसैगरी, बैठकले ‘अनिवार्य तथा निः शुःल्क शिक्षा सम्बन्धी विधेयक, २०७५’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत ग¥यो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक सदन समक्ष प्रस्तुत गरेका थिए । बैठक आज नै साँझ ६ बजे बस्ने गरी स्थगित भएको छ ।

यसैबीच, राष्ट्रियसभाको शुक्रबार विहान ११ बजेका लागि निर्धारण भएकोे बैठक दिउँसो ३ का लागि सारिएको छ । आज एक सूचना मार्फत् बैठक सारिएको हो ।