खेलकुद

भुटानको गोलपोष्टमा लगातार दुई गर्दै नेपाल विजयोन्मुख

काठमाडौँ । साफ च्याम्पियन्ससिप फुटबलमा नेपालले भुटानविरुद्ध दोस्रो गोल गरेको छ । बङ्गलादेशको ढाकामा जारी खेलमा अनन्त तामाङले २१ औं मिनेटमा गरेको पहिलो गोलबाट अग्रता लिएको थियो ।

त्यसको केही समयपछि रिवाउण्डमा आएको बललाई सुनील बलले भुटानको गोलपोष्टमा दोस्रो गोल बर्साएका छन् ।

खेलमा कडा प्रतिस्पर्धा भईरहेको छ । आजको खेलमा नेपाल गर या मरको अवस्थामा छ । यदि यो खेलमा पराजित भए नेपाल समूहचरणबाटै बाहिरिनेछ ।