खेलकुद

भुटानविरुद्ध नेपालले हान्यो गोल

काठमाडौँ। साफ च्याम्पियन्ससिप फुटबलमा नेपालले भुटानविरुद्ध अग्रता लिएको छ । बङ्गलादेशको ढाकामा जारी खेलमा अनन्त तामाङले २१ औं मिनेटमा गरेको गोलबाट अग्रता लिएको हो ।

खेलमा कडा प्रतिस्पर्धा भईरहेको छ । आजको खेलमा नेपाल गर या मरको अवस्थामा छ । यदि यो खेलमा पराजित भए नेपाल समूहचरणबाटै बाहिरिनेछ ।