पु.समाचार

मुख्यसचिवको पदक खोस्ने सरकारले बलात्कारी जोगाउने एसपीको पदक किन फिर्ता गर्न सकेन प्रधानमन्त्रीज्यू ?

काठमाडौं । बलात्कारीलाई संरक्षण दिने एसपीलाई सजाय दिनुको साटो ‘जनसेवा श्री’ पदक प्रदान गरेपछि सरकारका विरुद्धमा अहिले सामाजिक सञ्जाल उत्रेको छ । हुन त राष्ट्रपतिबाट दिईने उक्त पदकका लागि शेर बहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले नैँ ३ सय ४३ जनालाई छनोट गरेको थियो जसमा बलात्कारीलाई जोगाएको अभियोगमा निलम्बनमा परेका एसपी विद्यानन्द माझीको नाम पनि थियो ।

२०७४ सालको गणतन्त्र दिवसको उपलक्ष्यमा गरिएको निर्णयानुसार ३४३ जनामध्ये ६६ जना सुरक्षाकर्मीको नाम समावेश गरिएको थियो । जसमा माझीँलाई प्रबल जनसेवा श्री दिने निर्णय गरिएको थियो ।

दुई तिहाईको जनमत सहित बनेको शक्तिशाली र विश्वास गरिएको सरकारले बलात्कारी र किर्तेधारीलाई पदक दिएको भन्दैँ सामाजिक सञ्जाल प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीमाथि रुष्ट बनेको छ ।

प्रधानमन्त्री ओलीले एसपी माझीलाई दिन लागिएको पदक फिर्ता लिन चाहेको भए लिन सक्थे तर चासो लिएनन तर पूर्वमुख्यसचिव सोमलाल सुवेदीलाई दिने निर्णय गरिएको बिभुषण भने फिर्ता लिईएको छ ।

यतिबेला प्रधानमन्त्री ओलीका अगाडी एउटा, पूर्व मुख्य सचिवको पदक फिर्ता गर्न सक्ने सरकारले बलात्कारी जोगाउने एसपीको पदक किन फिर्ता गर्न सकेन ? भन्ने गम्भीर प्रश्न खडा भएको छ ।

यो बिषयलाई लिएर यतिबेला सामाजिक सञ्जालमा प्रधानमन्त्रीको चर्को आलोचना भईरहेको छ ।

प्रेमी र उनका साथी मिलेर इटहरी तरहराकी १६ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको घटना ‘गुपचुपुमा मिलापत्र गरेको’ आरोपमा एसपी माझी कारबाहीमा परेका थिए ।

अपराधलाई प्रोत्साहित गर्ने किसिमका काम गर्ने जोकोहीलाई पनि सरकारले कानुनी कठघरामा ल्याउनुपर्छ । यदि एसपी बिष्टलाई जस्तैँ अपराधी जोगाउनेलाई पुरुष्कृट गर्दै जाने हो भने बलात्कार र अन्य अपराध दिन दुईगुना रात चौगुनाले बढ्दैँ जाने कुरामा दुईमत छैन् ।