प्रदेश 1

जङ्गली हात्ती मृत भेटियो

भद्रपुर । मेचीनगर नगरपालिका–९ स्थित एक किसानको धानखेतमा आज बिहान जङ्गली हात्ती मृत फेला परेको छ । स्थानीय किसान रोहितकुमार ढुङ्गानाको खेतमा दुवै दाह्रा हिलोमा जोतिएको अवस्थामा हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । एक महिनाअघि मेचीनगर–३ कै पाँचपोखरी सामुदायिक वनमा अर्को हात्ती मरेको भेटिएको थियो ।