शिक्षा

प्रश्नपत्र आउट गर्ने प्राध्यापक भट्टराई त्रिविबाट आउट, छानबिन समिति गठन !

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गर्ने प्राध्यापकले राजिनामा दिएका छन् । शिक्षाशास्त्र शंकायको स्नातक पहिलो सेमेष्टरको प्रश्नपत्र आउट गर्ने प्राध्यापक होमनाथ भट्टराईले बिहिबार राजिनामा दिएका हुन् ।

आफूले गल्ती गरेको स्वीकार गर्दै भट्टराईले राजिनामा बुझाएका छन् । आफूहरुको भबिष्यमाथि खेलवाड भएको भन्दैँ विद्यार्थीहरु आन्दोलित बनेका थिए ।

परीक्षा हुनु अगावै प्रश्नपत्र आउट भएको थियो ।

यसैबीच, यस्तो. गैरीजिम्मेवारी काम गर्ने घटनाको छानविन गर्न गणेश सिंह ठकुरीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको गरिएको डिन कार्यालयले जनाएको छ । समितिलाई प्रतिवेदन तयार पार्न पाँच दिनको समयसिमा दिईएको छ ।