पु.समाचार

धोबीखोलामा बाढीको बेग तीब्र, स्थानीयबासी आतंकित, गृहप्रशासनले ध्यानदिनुपर्ने आयो समय

काठमाण्डौ । काठमाण्डौको धोबिखोलामा बाढी आएको छ, केही हप्ताअघिमात्र आएको बाढीबाट शान्तीनगर, अनामनगर, बुद्धनगर लगायतका भागमा अशर गरेपछि खोलाछेउका स्थानीय बासिन्दालाई अशर पारेकोथियो ।
उक्त बाढीपछि काठमाण्डौ क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंहले उक्त क्षतीको अबलोकन गर्दै पीडितलाई राहत समेत प्रदान गर्ने ब्यवस्था गरेका थिए ।
पानीको बेग अत्यन्तै ठूलो देखिन्छ, स्थानीय प्रशासनले उचित उपाय नअपनाए ठूलै क्षती हुने देखिन्छ । पान्ी पर्न रोकिएका कारण क्षती हुने सम्भाबना कम देखिएपनि, कुनै खोला छेउबाट पानी पसेमा ठूलो क्षती हुन सक्छ । बिशेषगरी गृहमन्त्रालयले उक्त क्षती हुनुभन्दा अगाबै कुनै कदम चाल्नुपर्ने देखिन्छ ।
स्थानीय बासिन्दाले आतंकित भाबनासहित उक्त बाढीको बेगको फोटो खिच्ने लहर चलेको छ । यही समयमा पानी परेमा भने क्षती बढ्नसक्ने सम्भाबना रहेको हुंदा संबन्धित निकाय चनाखो हुनुपर्ने देखिन्छ ।