राजनीति

ओली सरकार विकास निर्माणका काम छाडेर अनावश्यक कुरामा अल्झियोः कांग्रेस नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता चन्द्र भण्डारीले सरकार विकास निर्माणका काम छाडेर अनावश्यक कुरामा अल्झिएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत सरकारप्रति नेता भण्डारीले आक्रोस पोखेका हुन् ।

मुलुकी संहिताको नाममा डाक्टर र संचारकर्मीको स्वतन्त्रताको अधिकारलाई खोस्ने प्रयास गरिएको नेता भण्डारीको भनाई छ ।

यस्तै नेता भण्डारीले सरकारलाई जनताको दुई तिहाई अभिमतको अपमान गरेको आरोप लगाएको छ । सरकारको ध्यान राष्ट्रिय मुद्धालाई उठाएर जनताको पक्षमा रहेकाहरुको विरुद्ध देखिएको तर राष्ट्र विकासमा बाधक रहेका भष्ट्रहरुतिर नदेखिनु दुईतिहाई बाहेक अरुथोक नभएको उनको तर्क छ ।

उनले पोष्ट गरेको स्टाटसमा भनिएको छ,‘ समाजमा चारैतिर बेथिति छ । राष्ट्रनिर्माणको बल भन्दा धननिर्मार्णको बल बलियो देखिन्छ। राष्ट्रनिर्माण भन्दा व्यक्ति र परिवारनिर्माण प्राथमिकतामा पर्नु दुस्खद हो। आजको समयमा त यसले विगतका सबै रेकर्ड नै ब्रेक गरेको मलाई लाग्छ। निर्माण कम्पनीहरुलाइ क्षमता नहेरी केवल राज्यलाई दहन गर्न सडक पुल भवन विद्युत बनाउन दिदा देशले विकासको गतीलाई अगाडी बडाउन सकेन । तर सरकार अन्य क्षेत्र तिर झगडा बढाउदैछ ?’

यस्तो छ मंगलबार फेसबुकमा लेखिएको नेता भण्डारीको स्टाटसः–