मनोरञ्जन

तीज म्यूजिक अवार्ड २०७५ उत्कृष्ट ५ को मनोनयन सार्बजनिक

काठमाडौं । नेपाली गीत/संगीत संस्कृतिले धन्यधान्य छ । खासगरी हाम्रा रीतिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथि यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइराखेको छ ।

यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खारगरी महिलाका आवाजहरु गुञ्जिन्छन् । आजभोलि बदलिदो परिस्थितिमा पुरुषहरुका स्वर पनि प्राथमिकतामा आउन थालेको छ ।

वर्तमान तीज संगीत महिला मात्रैको नरहेर पुरुष स्वरमा पनि गुञ्जीन थालेको छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितिर समेत धकेलिन लागेको आरोप लागिरहन्छ । आरोप – प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउदो भने पक्कै छ । यहि तीजको परम्परालाई कायम राख्दै पाँचौं छायाँछबि तीज म्यूजिक अवार्ड –०७५ को आयोजना गर्न लागिएको छायाँछबिका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।

तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या करिव ७०० भन्दा पनि माथि छ । तर यी गीत संगीतका श्रष्टा तथा सर्जक प्रोत्साहनबाट वञ्चित छन् । यस अवस्थालाई मध्यनजर गर्दै सांस्कृतिक पर्व तीजका अवसरमा ती गीत संगीतलाई प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टा/सर्जकले उत्साहित हुने मौका पाउन भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको प्रियको भनाई छ ।

मुलतः मनोरञ्जन भन्दा पनि संस्कृतिको पर्व तीज अवार्डको पाँचौं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्ने सबै श्रष्टालाई बधाई छ । तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागि आफ्नो साँस्कृतिक धर्म निभाएकोमा हार्दिक आभार प्रकट गर्दछौं, छायाँछबि तीज म्युजिक अवार्ड –०७५ का अध्यक्ष शान्तिप्रियले भने ।