मनोरञ्जन

‘सपनाहरु’ बजारमा (भिडियोसहित)

काठमाडौं । नेपाली आधुनिक गायन विधाको क्षेत्रमा सफल मानि रहेका गायक एकान्त आङदेम्बे को आवाज र बसन्त मुकारुङको संगीत संयोजनमा मा रहेको ‘सपनाहरु’ बोलको गीतको भिडियो सार्वजनिक भए सगैँ चर्चाको शिखरमा रहेको छ ।

विछोडको वियोगलाई गीतमा समेटिएको छ । सपनाहरु टुटेपछि बन्ने निराशालाई गीतको शब्द मार्फत समेटिएको छ । गीतमा हरि प्रसाद नेम्वाङको रहेको छ ।

गीतको भिडियोमा सविना राई र जिवन राईको फिचरिङ रहेको छ । भिडियोको निर्देशन, छायाँकन तथा सम्पादन इशाक हाङ जबेगुको रहेको छ ।