राजनीति

बाबुरामको प्रश्नः ओली सरकार किन यति गैरजिम्मेवार र निकम्मा ?

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले वर्तमान सरकार निकम्मा र गैरजिम्मेवार भएको हो भन्दैँ प्रश्न गरेका छन् ।

बुधबार एक ट्वीट गर्दै डा. भट्टराईले जुम्लामा नयाँ शक्तिका केन्द्रीय नेता रामकृष्ण बुड्थापाको नृशंस हत्या भएको महिना दिन पुग्दा पनि अपराधीलाई कारवाही गर्न नसकेकोप्रति रोस प्रकट गरेका हुन् ।

घटनामा संलग्न अपारधीलाई पक्राउ गरिएको एक महिना हुन लाग्दा समेत सरकारले कारवाही पक्रिया अघि नबढाउनुले घटनाप्रति गम्भीर र रहस्यमय आंशका पैदाँ गरेको उनले जनाएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले जुम्लाको युवाहरूको टोली अहिले काठमाण्डौसम्म आएर हारगुहार गर्दासमेत सरकार कानमा तेल हालेर सुतेको आरोप लगाएका छन् ।

कम्युनिष्ट भनिने सरकार किन यति गैरजिम्मेवार वा निकम्मा ? भन्दैँ भट्टराईले आफ्नो ट्वीटमा प्रश्नमा गरेका छन् ।