शिक्षा

९३२ कर्मचारीलाई प्राईभेट स्कूल/कलेजको मालिक नबन्न मन्त्री पोख्रेलको आयो निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का कर्मचारीलाई निजी संस्थाहरुको शेयरधनी नबन्न निर्देशन दिएका छन् ।

भक्तपुरस्थित परिषद्को अवलोकनका क्रममा मन्त्री पोखरेलले सिटिइभिटीलाई कर्मचारी सेवानिवृत्त हुँदा आफ्ना वा आफन्तका नाममा सिटिइभिटीअन्तर्गतका निजी संस्थाका मालिक बन्ने गरेको आम जनताको आरोप हटाउने गरी काम गर्न निर्देशन दिए ।

उनले ९५ जना सामुदायिक विद्यालयलमा प्राविधिक शिक्षाको सम्बन्धन दिने निर्णय कार्यान्वयन गर्न पनि आग्रह गरे । सिटिईभिटीमा ९३२ कर्मचारी छन् । त्यसमध्ये सयभन्दा धेरै उपसचिव र २० भन्दा बढी सहसचिव स्तरका जनशक्ति छन् । मन्त्री पोखरेलले कर्मचारी दरबन्दीका विषयमा पनि प्रश्न उठाएका थिए ।