सामाजिक सञ्जाल

लफङ्गोको गजलः सबै घाउ निर्मूल हूदा जाती भनियो

*******गजल*******
लफङ्गो/तिस मा तिस जोडे पछी साठी भनियो
छोराको नि छोरा जन्म्यो नाती भनियो

मन्दिरमा उजेली छर्न, दियोमा तेल हालेपछी
थोरै कपास बटारियो अतः बाती भनियो

दूई प्रेमीको बिचमा,जब खटपट आयो तब
एक आपसमा दोष लगाउदा घाती भनियो

चोट कतै लाग्यो भने ओखती मूलो गर्नैपर्छ
सबै घाउ निर्मूल हूदा जाती भनियो