आर्थिक

मुक्तिनाथविकास बैंकको शाखा अब काठमाण्डौंको ठमेलमा

काठमाण्डौ । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालनगर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाण्डौ मनपा वडा नं. १६, ठमेलमा आज आफ्नो शाखा कार्यालय विस्तार गरेको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उक्त शाखा कार्यालयको समुद्घाटन गरे । शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि शिवाकोटीले बैंकिङ्गकारोवारमा सहज र सरल हुनुपर्नेमाजोड दिए । साथै सहज रुपमा खाताखोली वित्तीय साक्षरतालगायतका सेवापनि प्रदानगर्न आवश्यक रहेको बताए । यस विकास बैंकले यी सबै कामहरु उत्कृष्ट रुपमागर्दै आएकोमा प्रशंशागर्दै ठमेल शाखाको प्रगतिको कामना गरेका छन् ।

उक्त कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङ्ग, नेपाल महिला सघंका क्षेत्रीय सभापती (क्षेत्र न. ६) श्री सावित्री राजभण्डारी लगायतले बैंकको सफलताको शुभकामना मन्तब्य राखेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवाविस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएको थिए । यस विकास बैंकले लिएको समावेशी वित्तीय पहुँचविस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताए । त्यसैगरी यस बैंकको व्यवसाय बृद्धिसंगै भावीदिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्तगरेका थिए ।

उद्घाटन समारोहका सभाध्यक्ष तथा संचालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले सदैव गुणस्तरीय सेवाप्रदानगर्दै अगाडी बढ्ने र विभिन्न वित्तीयतथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदानदिने प्रतिबद्धता व्यक्तगरे ।

मुक्तिनाथ विकास बैंकको हाल सम्मकाठमाण्डौ उपत्यकाभित्र ठमेललगायत महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील, माछापोखरी, कोटेश्वर,जोरपाटीर भक्तपुरको कमल विनायक गरी १३ शाखाहरु संचालनमा आई सकेका छन् भने कुपण्डोल, इमाडोल, भैसेपाटी, ठिमी, ढुङ्गेअड्डा र बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमासेवा सञ्चालनको तयारीमा रहेको छ ।