समाचार

बिम्स्टेक दूरगामी निर्णय गर्दै सम्पन्न भयो–प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन दूरगामी निर्णय गर्दै कूशलतापूर्वक सम्पन्न भएको जानकारी दिए । बिम्स्टेक सम्मेलन काठमाडौँमा यही भदौ १४ र १५ गते १८ बुँदे घोषणपत्र जारी गर्दै सम्पन्न भएको थियो ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले सबै पक्षलाई मिलाएर सफलतापूर्वक कूटनीतिक ढङ्गले बिम्स्टेक सम्मेलन गर्नसकेकामा सो श्रेय सम्पूर्ण नेपालीलाई उपलब्ध भएको जानकारी दिए । उनले दक्षिण एशिया र दक्षिण पूर्वी एशियालाई जोड्ने क्षेत्रीय सङ्गठन–बिम्स्टेक एक पुल भएको छ भने ।

प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनमा भाग लिन आएका बिम्स्टेक राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग औपचारिकरुपमा दुई पक्ष हितका विषयमा गहन छललफ भएको स्पष्ट पारे । उनले बिम्स्टेक सम्मेलन सफल पार्न योगदान दिनुहुने तीनै तहका सुरक्षा निकाय बौद्धिक वर्ग, आम कर्मचारी पत्रकार सबै धन्यवादको पात्र थिए म उनीहरुको मुक्तकण्ठले प्रशंसा गर्छु भने ।