लुम्बिनी

थारु कल्याणकारी सभाको नयाँ नेतृत्व

बुटवल । रुपन्देहीमा थारु कल्याणकारी सभाको नयाँ नेतृत्व चयन भएको छ । दुई दिनसम्म सैनामैनामा सञ्चालन भएको नवौँ अधिवेशनले सतिषकुमार चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । सदस्यमा चन्द्रमान चौधरी, बुद्धिराम चौधरी, करमचन्द चौधरी, सरिता चौधरी, केशव चौधरी, सत्यनारायण चौधरी, लक्ष्मी चौधरी, रामप्यारे चौधरी, प्रेमकुमारी थारु र प्रकाशसिंह चौधरी छन् । तर उनीहरुको पद बाँडफाँड भएको छैन ।

अधिवेशनले देवीप्रसाद चौधरी, राम वली चौधरी, नरेशसिंह, चौधरी, खुशीराम चौधरी, पुनम चौधरी रहेको महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।