खेलकुद

हङकङसँग पराजित भएसँगै नेपाल छनोटबाटै बाहिरियो

काठमाडौं । नेपाल एसिया कप छनोट चरणबाट बाहिरिएको छ । हङकङसँग २ विकेटको पराजय व्यहोरेपछि नेपालको एसिया कप छनोट खेल्ने धोको अधुरै रहेको हो ।

एसिया कप छनोटको सुरुवात देखि नै खराब प्रदर्शन गर्दै आएको नेपालले मंगलबार हङकङसँगको खेलमा लज्जास्पद प्रदर्शन गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ९५ रनमै अलआउट भएको भएको थियो ।

हङकङले टस जितेर बलिङ् रोज्ने निर्णय गरेको थियो । सबै विकेट गुमाउदैँ नेपालले हङकङसामु ९५ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो ।

अनिल कुमार साहले १५, कप्तान पारस खड्काले १४, उपकप्तान ज्ञानेन्द्र मल्लले १२ तथा बसन्त रेग्मीले १५ रन जोड्नु बाहेक अरुले दोहोर अंक जोड्न सकेका थिएनन् ।

९६ रनको लक्ष्यसहित ब्याटिङमा उत्रेको हङकङले ३२ ओभर ३ बलमा ७ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो ।