राजनीति

प्रधानमन्त्रीले आज प्रतिनिधीसभालाई सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रतिनिधीसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । दिउसोँ १ बजेका लागि बोलाईएको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् ।

हालै राजधानीमा सम्पन्न बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक)को चौँथो शिखर सम्मेलनमा भएका सहमती र कार्यान्वयनका आधारबारे सदनलाई जानकारी गराउने कार्यतालिका रहेको छ ।

सम्मेलनमा सन् २०३०सम्म बिम्स्टेक आबद्ध मुलुकको गरिबी अन्त्य गर्ने, कनेन्टिभिटिी, र विद्युतलगायत सहमती भएका थिए ।

१४ गते देखि सुरु भएको सम्मेलन १५ गते १८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको थियो ।