बाग्मती

स्कुटर सहित नहरमा खस्दा ज्यान गयो

चितवन । स्कुटी नहरमा खस्दा एक जनाको मृत्यु भएको छ भने एक व्यक्ति वेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–७ तेह्र साल चोकमा गए राति स्कुटर नहरमा खस्दा सोही महानगरपालिका–४ का ४७ वर्षीय भविश्वर भण्डारीको मृत्यु भएको हो । स्कुटरमा सवार अर्का एक व्यक्तिनहरमा बगेर वेपत्ता भएका छन् । उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भरतपुरको पेन्सन क्याम्पबाट तेह्रसाल चोकतर्फ आउँदै गरेको ना३४प ९९४१ नं को स्कुटर पुल तर्ने क्रममा नहरमा खसेको थियो । भण्डारीको शव नहरबाट ५० मिटर टाढा फेला परेको थियो भने वेपत्ता भएका व्यक्तिको खोजी भइरहेको छ ।