खेलकुद

हङकङलाई नेपालले दियो झिनो टार्गेट, एसिया कपमा छनोट हुने सम्भावना सकियो

काठमाडौँ । एसिया कप छनोटको सुरुवात देखि नै खराब प्रदर्शन गर्दै आएको नेपालले मंगलबार हङकङसँगको खेलमा लजास्पद प्रदर्शन गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ९५ रनमै अलआउट भएको हो ।

हङकङले टस जितेर बलिङ् रोज्ने निर्णय गरेको थियो । सबै विकेट गुमाउदैँ नेपालले हङकङसामु ९५ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।

अनिल कुमार साहले १५, कप्तान पारस खड्काले १४, उपकप्तान ज्ञानेन्द्र मल्लले १२ तथा बसन्त रेग्मीले १५ रन जोड्नु बाहेक अरुले दोहोर अंक जोड्न सकेनन् ।

यो खेल हारे नेपालको एसिया कपमा छनोट हुने नेपालको सम्भावना सकिनेछ ।