आर्थिक

ज्योति बिकास बैंकको ब्यवस्थापनमा शर्मा र आचार्य नियुक्त

काठमाण्डौ । ज्योति बिकास बंैकका उच्च ब्यवस्थापनमा दुई नयाँ पदाधिकारीहरु नियुक्त भएका छन्। सोमबार बैकको नायब महाप्रबन्धकमा शुशिलकुमार शर्मा तथा सहायक महाप्रबन्धकमा रामहरि आचार्य नियुक्त भएका हुन् । शुशिलकुमार शर्माको २३ बर्ष नेपाल एसबिआइ बैक लि. र ५ बर्ष नेबिल बैंकमाकाम गरेको अनुभब रहेको छ । उनी यस अघि एस बिआइ बैकको क्षेत्रिय प्रबन्धकको रुपमा कार्यरत थिए । ब्यबस्थापनमा स्नातकोत्तर शर्मासँग शाखा प्रबन्धक देखि विभागिय प्रमुख तथा क्षेत्रिय प्रबन्धक सम्मको काम गरेको अनुभब रहेको छ । त्यसैगरी रामहरि आचार्यसँग एभरेष्ट बैकमा २० बर्ष काम गरेको अनुभब रहेको छ । ब्यबस्थापनमा स्नातकोत्तर आचार्य यस अघि एभरेष्ट बैकको प्रबन्धकको रुपमा कार्यरत थिए । उच्च ब्यबस्थापनमा स्थापित बाणिज्य बैकमालामो समयसम्म महत्वपुर्ण भुमिकामा रहेकाब्यक्तिहरुको नियुक्तिले ज्योतिबिकास बैकको लक्ष प्राप्तियात्रा अझ सहजहुने बिश्वास गरिएको छ ।
हाल बैंकले ६० वटा शाखा कार्यालय तथा २० वटा ब्त्ः मार्पmत सेवाउपलव्ध गराउँदै आईरहेको छ भने थप ३० वटा नयाँशाखातथाथप२७ स्थानमा ब्त्ः संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. २०अर्व भन्दा बढिनिक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १६अर्व भन्दा बढि ऋण लगानीगर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजीरु.२ अर्व ५९ करोड कायम रहेको छभने हाम्रो विकास बैंकलाई प्राप्तिगर्न नेपाल राष्ट्र बैंकबाट सैद्घान्तिक सहमति प्राप्तगरि प्रक्रिया अगाडी बढाइरहेको बैंकले जनाएकोे छ छ ।