पु.समाचार

चिनजान र भनशुनकै आधारमा पत्रपत्रिका वर्गीकरण हुन्छ त?

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पत्रपत्रिका वर्गीकरणमा विभेद नगर्न प्रेस काउन्सिल नेपाललाई आग्रह गरेको छ ।

महासङ्घअन्तर्गतको साना लगानीका मिडिया हक हित संरक्षण समितिले आइतबार काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठलाई पत्रपत्रिका वर्गीकरणबारे देशैभरीबाट आएका गुनासोको आधारमा ध्यानाकर्षणपत्रसमेत बुझाएको छ । महासङ्घले पत्रपत्रिका वर्गीकरणबारे पुनर्विचार गर्न समेत आग्रह गरेको छ । महाङ्घका केन्द्रीय सदस्य तथा समितिका सहसंयोजक गोपाल बराइलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काउन्सिलले गरेको वर्गीकरणलाई चित्त नबुझी पुनःमूल्याङ्कनका आएका मागको उचित सम्बोधन गर्नुपर्ने र हाल वितरण गरिँदै आएको लोककल्याणकारी विज्ञापनवापतको रकम दोब्बर बनाइनुपर्नेमा जोड दिएको छ ।

प्रेस काउन्सिल नेपालले हालै गरेको पत्रपत्रिका वर्गीकरणमा साना लगानीका मिडियालाई विभेद गरिएको, वर्गीकरणको तह घटुवा गरिएको, हुबहुमा राखिएको, प्रेस काउन्सिलमा चिनजान र भनसुनकै आधारमा मात्रै पनि त्यस्ता पत्रपत्रिकालाई वर्गीकरणमा उच्च प्राथमिकता दिइएको जस्ता गुनासो आएकाले महासङ्घ, समितिले जनाएको छ ।