समाचार

गौरा पर्वले सांस्कृतिक एकतालाई मबजुत बनाउने: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका विभिन्न सांस्कृतिक पर्वले नेपालीलाई एकताबद्ध गराउने काम गरेको बताए । प्रदेश नं ७ र कर्णाली प्रदेशमा मनाइने उक्त पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्व हो भने ।

नेपालको जातीय र सांस्कृतिक विविधतालाई आपसी द्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई नेपालीले सधैँ परास्त गर्दै आएको र यस्ता पर्वले सांस्कृतिक एकतालाई थप मजबुत बनाएको प्रधानमन्त्री ओलीले जानकारी दिए । “नेपालका विभिन्न भाषा, संस्कृति, वेषभूषा, रीतिरिवाज र संस्कारले विविधताबीच नै एकता, आपसी सम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएका छन् ।”