गण्डकी प्रदेश

नौ जना जुवाडे पक्राउ

पर्वत । पर्वतको सदरमुकाम कुस्मा बजारबाट प्रहरीले जुवाखालमा छापा मारेर नौ जनालाई पक्राउ गरको छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई कुस्मा नगरपालिका वडा नं ७ दुर्लुङचोकस्थित लेस्पार होटलबाट आइतबार साँझ छापा मारेर जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

प्रहरीले मोदी गाउँपालिका वडा नं ४ का विकास पुन, मेखबहादुर पुन, हरि पुन, बलबहादुर पुन, अम्बे पुन, कुस्मा नगरपालिका वडा नं ७ का महेन्द्र पुन, कुस्मा नगरपालिका वडा नं ४ का ४५ वर्षीय ओम पुन, जलजला गाउँपालिका वडा नं ६ का ४१ वर्षीय मीनबहादुर चोचाङ्गी र जलजला–६ कै मीनबहादुर पुनलाई पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ परेकाको साथबाट तथा जुवाखालबाट रु २७ हजार ६८० समेत बरामद गरिएको छ । पक्राउ परेकालाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १२५ को जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरअन्तर्गत उपदफा १ बमोजिमको कार्य गरेको भनी मुद्दा दर्ता गरिएको छ । पक्राउ परेकालाई जिल्ला प्रशासनबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।