समाचार

रेडक्रस महासङ्घका महासचिव सी नेपालमा

काठमाडौँ । नेपाल रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एलहाज याज सी चारदिने भ्रमणका क्रममा आज नेपाल आएका छन् ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा, कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल र रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रमुख जुजा किमले उनलाई स्वागत गरे।
नेपाल रेडक्रसको निमन्त्रणामा आउनुभएका महासङ्घका महासचिव सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्विपक्षीय भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ ।
साथै परराष्ट्रन्त्री प्रदीपकुमार ज्ञवाली, उच्च सरकारी अधिकृत, यहाँस्थित संयुक्त राष्ट्र सङ्घीय प्रतिनिधिलगायत नेपाल रेडक्रसका उच्च प्रतिनिधिसँग द्विपक्षीय भेटघाट तथा छलफल गर्नुहुने कार्यक्रम छ ।
महासङ्घमा विश्वका १९० देशका राष्ट्रिय तथा रेडक्रिसेन्ट सोसाइटी आबद्ध रहेका छन् । विशेष गरी भूकम्पपछि नेपाल रेडक्रसले गरेका मानवीय सेवालगायत अन्य विविध कार्यक्रमको महासचिव सीले जानकारी लिए ।