अन्तर्राष्ट्रिय

भारतका राष्ट्रपति युरोप भ्रमणमा

नयाँ दिल्ली । भारतका राष्ट्रपति रामनाथ कोविन्द आइतबार युरोपका तीन देशको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । आठ दिने भ्रमणको क्रममा उनले साइप्रस, बुल्गेरिया र चेक गणतन्त्रको भ्रमण गर्ने भारतको विदेश मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति कोविन्दका साथ कृषिराज्य पुरुषोत्तम खोडाभाइ रुपाला र दुई जना सांसद राम शकल र अनिल बलुनीसहित केही उच्च सरकारी अधिकारी रहेका छन्।