आर्थिक

जनता बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

काठमाण्डौ । जनता बैंक नेपालद्वारा सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फुलचोकी आधारभुत विद्यालय, पनौती, काभ्रेलाई दूई थान कम्प्युटर हस्तान्तरण गरिएको हो । बैंकका संस्थागत मामिला प्रमुख छविलाल हुमागाईले पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने मार्फत विद्यालयका प्रधानाध्यापक केशव हुमागाईंलाई उक्त सामाग्री हस्तान्तरण गरेका छन् ।

जनता बैंकले सामाजिक उत्तर दायित्वम शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिकार्य गरिरहेको छ । विशेष गरी ग्रामिण क्षेत्रका महिलाहरुको स्वास्थ्य परिक्षण र पाठेघर सम्बन्धि निःशुल्क अपरेशन तथा सामुदायिक विद्यालयको स्तर उन्नतीलाई मध्येनजर गरी विद्यार्थीहरुलाई छात्रवृत्ति र शिक्षण सामाग्रीउपलब्ध गराई सहयोग गरिएको छ । यस बर्ष देशै भरीबाट सामुदायिक विद्यालयका २०० विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदानगर्ने र रोल्पा, हुम्लाजस्ता विकट जिल्लामा स्त्रीरोग सम्बन्धी तथा आँखाको मोतिविन्दुको निःशुल्क अपरेशनको लागि स्वास्थ्य शिविर आयोजनागर्ने कार्यक्रम रहेको छ ।

कम्प्युटर हस्तान्तरण कार्यक्रममा मेयर न्यौपानेले पनौती नगरपालिकाको विकट वडाहरुमा महिला स्वास्थ्यको अवस्था नाजुक रहेकोले ति वडाहरुमा जनता बैंक र नगरपालिकाको सहकार्यमा स्वास्थ्य सम्बन्धी कार्यक्रमको परियोजना संचालनको लागि अनुरोध गरे।
बैंकले हाल देश भरीबाट १२२ शाखा, ४० शाखा रहित बैंकिङ, २ सिमित्त बैंकिङ्ग एकाई र २ एक्स्टेन्सन काउन्टरबाट वित्तीय सेवाप्रदान गरिरहेको छ ।