समाचार

भारतीय अधिकारकर्मी सम्मानित

काठमाडौँ । सामाजिक संस्था रोटरी नेपालले सगरमाथा आरोही एवं भारतीय अधिकारकर्मी सुनिता सिंह चोकेनलाई आज यहाँ सम्मान गरेको छ । ‘बेटी बचाओ, बेटी पढाओ’ अभियान लिएर पाँच हजार किलोमिटर साइकलयात्रा पूरा गरेकी रोटरियन चोकेनलाई पूर्व मुख्यसचिव एवं रोटरी नेपाल साक्षरता अभियानका अध्यक्ष तीर्थमान शाक्यले सम्मान गरेका छन् ।

भारतको हरियाना सरकारले चोकेनलाई उक्त अभियानका लागि ब्राण्ड एम्बेस्डर नियुक्त गरेको थियो । भारत गुजरातस्थित सोमनाथ मन्दिरबाट साइकलयात्रा प्रारम्भ गर्नुभएकी चोकेनले भारत र नेपालका बाटोमा पर्ने विभिन्न गाउँ र विद्यालयमा बालिका शिक्षा र वृक्षरोपण कार्यमा संलग्न भएका थिए ।

उनले यस पटकको साइकलयात्रा पशुपति मन्दिरमा पुगेर विश्राम गरेका छन् । विश्वका २०० मुलुकमा सञ्जाल रहेको रोटरीले आधारभूत शिक्षा, साक्षरता र वातावरण संरक्षणलाई केन्द्रित गरेर काम गर्दै आएकामा
पछिल्लो समय बालिका शिक्षा र वृक्षरोपणलाई अभियानका रुपमा अघि बढाएको छ । रोटरीले विपन्न वर्गमा शुद्ध खानेपानीको पहुँच बढाउने तथा सरसफाइलाई पनि अभियानको रुपमा सञ्चालन गर्दै आएको छ ।

रोटरी नेपालले गोरखाको बारपाक केन्द्रविन्दु भएरको भूकम्पले क्षति पु¥याएका मुलुकका विभिन्न विद्यालय निर्माणमा समेत योगदान पु¥याइरहेको छ । सहकार्यमा विश्वास राख्ने रोटरीमा विश्वमा १२ लाख आवद्ध छन् भने ३५ हजार भन्दा बढी शाखा रहेको बताइएको छ ।