आर्थिक

सिभिलले दियो भुक्तानी निर्मला थारुको बीमा रकम

काठमाण्डौ । सिभिल बैंकका अधिकांश निक्षेप सुविधाहरुमा उपलब्ध गराउँदै आएको निःशुल्क दूर्घटना/मृत्यूबीमा कार्यक्रम अन्तर्गत बुटवल निवासी निक्षेपकर्ता वंसराज थारुको दूर्घटनामा परी मृत्यूभएपश्चात बीमाको रकम मृतकका श्रीमती शान्ती देवी थाथारुको नाममा बैंकले उपलब्ध गराएको छ । नारायणघाटमा आयोजित एक कार्यक्रमबीच बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले रु एक लाख ७४ हजार २४० रुपैयाँको चेक मृतकका छोरा निर्मला थारmलाई हस्तान्तरण गरेको छ ।

निक्षेपकर्ताहरुले सिभिल बैंकमा निक्षेपगर्दा ब्याजको अतिरिक्त प्राप्तहुने निःशुल्क दूर्घटना/मृत्यूबीमा बापत प्राप्तहुने बीमाको रकमले मृतकको आश्रित परिवारलाई थोरै नै भएपनि राहत पु¥याउने कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताए ।

बैंकले यस अघि पनि २०७२ को महाभूकम्प लगायत अन्य दूर्घटनाहरुमा परी ज्यान गुमाएकाहरु तथा अपाङ्गता भएकाहरुको निक्षेप रकमको ४ गुणा वा अधिकत्तम पाँच लाख सम्म (जुनन्यून छ) को बीमाको रकम उपलब्ध गराएको कुरा पनि बैंकले जनाएको छ ।