विचार/ब्लग

बिदेशमा हुने नेपालीको ज्यानमात्रै प्रवासमा, मन त आफ्नै देशमा

गीत भण्डारी /६८ प्रतिशत पहाड, १७ प्रतिशत तराई र १५ प्रतिशत हिमाल सहितको भू बनौट रहेको नेपाल एक गरिब देश हो । २ करोड ८७ लाख जनसंख्या रहेको नेपालमा ८० प्रतिशतको हाराहारीमा कृषि पेशामा आधारित छन्, त्यतीकै मात्रामा हिन्दू धर्ममा आस्था राख्छन् । गाँउ नै गाँउले भरिएको मुलुकका जनताहरुमा घरको आर्थिक अवस्था कमजोर भएकै कारण अधिकाँस युवा आफ्नो देश जन्मभुमि छोडेर अर्काको देशमा पैसा कमाउनको लागि विदेशीनु परेको छ । गाँउमा भएको आफ्नो झुपडीलाई ईटाको गाह्रो लगाए घर बनाउने रहर कसलाई हुदैन् र ?

हुंदा खाने र हुने खाने दुबै जो भएपनि आआफ्नो बाध्यताबाट नै बैदेशीक रोजगारमा गएका हुन्छन् । जुन जुन कारणबाट बैदेशीक रोजगारीका लागि बिदेशीएपनि मुलुक निर्माणका लागि सबै नेपालीहरु नेपाल फर्किन आवश्यक छ, अनि नेपालबाट दैनिक रुपमा बिदेशीने नेपालीहरुले बैदेशीक यात्रा आजैबाट त्यागेर नेपालको आर्थिक उन्नतीमा लाग्न जरुरी छ, मैले त बाँचे पनि मरेपनि आफ्नो मुलु कहिल्यै नछाड्ने निर्णय गरिसकेकी छु, तपाई पनि आजैबाट आफ्नो मुलुकलाई माया गरी मुलुकमा नै बसेर सुख दुःखमा रमाउने प्रण गर्नुहोस भन्ने मेरो दृढ ईच्छासहितको महेन्द्रनगरकी चेलीको बिदेशमा बस्नुभएका सबै नेपालीलाई आह्वान छ ।

ईट्टाको गाह्रो भएको घर बनाउने धोको त परै जाओस, आफ्नी श्रीमतीलाई मीठो खान, राम्रो लगाउन दिने, आफ्ना छोराछोरीलाई राम्रो स्कुलमा पढाउन भर्ना गर्ने, उनीहरुलाई बिरामी भएको समयमा उपचारको ब्यबस्था गर्ने लगायतका ईच्छा जो कोही ग्रामीण भेगका नागरिकले गर्ने गर्दछन् । समग्रमा आफ्नो परिवारलाई गरिबीको रेखा भन्दा माथि लैजान बिदेशिएका छोराको लास बाकसमा घरमा पुग्दा कसको आमा बुबाको मन कसरी समालिएला । बिदेशीनु प्रायः सबैको बााध्यता हो, मजदुरी गरेर केही पैसा कमाएर परिवारसँग सुखका साथ बसौला भनेर नेपालीहरु दैनिक बिदेशिएका छन् । परिवार इष्ट मित्र सबैलाई छोडेर अर्काको देशमा रुमिलिनु परेको छ ।

एकातिर उनीहरुलाई आफ्नो घर–परिवारलाई बिर्सेर बिदेशिनु परेको पींडा छ भने अर्कोतिर आफ्नो सुन्दर, शान्त र बिशाल मुलुक छाडेर १८ घण्टा तातो घाममा खटिरहेका छन् । कसलाई हुन्न आफ्नो परिवारसँग बस्ने मन, मन हुँदाहुँदै पनि खाडी मुलुकतिर जानु परेको हुन्छ । बढ्दो बेरोजगारीले बिदेशिनेको संख्या दिन प्रति दिन बढ्दै गएको छ । हाम्रो जस्तो विकासोन्मुख देशमा जति पढेर डिग्री हासिल गरेपनि बेरोजगार भएर बसेका छन् । प्रगती गर्न जति प्रयास गरेपनि केहि सीप नलागेपछि अधिकाँस युवाहरु अन्तिममा हार मानेर सात समुन्द्र पारी खाडी मुलुकतिर जानु बाहेक अरु केहि विकल्प हुदैन, उनीहरु बाटो तताउदछन् । बिदेशमा पनि भनेको जस्तो र सोचेको जस्तो काम पाइने त होईन तर घरको लागि केही रकम बचाउदछन्, उनीहरु ठूलो वा सानो जस्तो काम भएपनि कामको सम्मान हुदछ, उनीहरु त्यसमा आनन्दित हुन्छन् । बिदेशमा बस्ने नेपालीको पीँडा अरुलाई के थाहा घाँम पानि नभनि काम गर्नु पर्ने हुन्छ, दःुख कष्ट गर्नुपर्छ अर्काको भाषामा रमाउनुपर्छ, त्यति सजिलो नि छैन बिदेशीहरुको दास बन्न, गुलाम भएर बस्न एक बिश्वमा स्वाभिमानी भनेर चिनिएको नेपालीलाई तर उनीहरुको बाध्यता ।

आफ्नो परिवारको लागि कति दुःख गरेर रगत पसिना भगाएर रकम कमाई रहेका हुन्छन् । जति तलब हो त्यसले नपुगेर विदाको दिन पनि रेष्ट नगरी अझ १८ घण्टासम्म ओभर टाईम गरेर पनि कमाई रहेको समाचारहरु दैनिक रुपमा पढ्न पाईन्छ । नेपालीलाई हेपेर बोल्ने, गाली सुन्नु पनि पर्छ अनिबार्य आवश्यक्ता परेर समयमा कार्यालय नपुग्दा त्यो दिनको तलब काटिदिने, अन्य सजाय दिने लगायतका दण्डहरुले बिदेशमा काम गर्नेहरुको मनोबल समेत गीर्छ ।

अर्काको देश सोचे जस्तो हुदैन, न आफ्नो भाषा छ न आफ्नो साँस्कृति र परम्परा छ । कति दुःख छ प्रबासमा, न समयमा सुत्न पाईन्छ, न औषधी उपचार नै समयमा गर्न पाईन्छ । अझ मैले सुनेको त बिरामी हुंदा बिरामी छु भन्यो भने सुपरभाईजरले कामबाट निकालिदिन्छ रे । बिदेशमा हुने सबैको ज्यान मात्रै हुन्छ प्रवासमा, म न त स्वदेश मै रहन्छ । अरुको देशमा एक गाँस खाना खायोकी भोको छ भनि सोध्ने को हुन्छ? अलिकती कल्पना गरौं त ? कस्तो पीँडा प्रवासीलाई, उनीहलाई न घरको न घाटको भएर बाँच्ने रहर होला त ? नत गर्मी भयो भन्न पाईन्छ, नत जाडो नै जसरी भए नि आफ्नो जिम्मेवारी सिध्याउनै पर्ने । पसिनासँगै प्रचण्ड गर्मीमा लड्दै वाच्नुपर्छ । प्रवासमा आज हो कि भोली मर्ने, अपाङ्ग बन्ने भन्ने कुनै भर हुदैन । त्यहाँको चालचलन, कानून जान्न नै निकै समय लाग्न सक्छ ।

अलि हुनेखाने अलि विकसित परिवारका सदस्य अमेरिका, अस्टे«लीया, युरोप जस्ता देशहरुमा जाने गर्दछन् । पैसा कमाएर छोरा, छोरी पढाँउला घर खर्च टारौँला भनेर हुंदा खाने परिवारका केहि सदस्य रोजगारीको शिलशिलामा कतार, मलेशीया, दुबई, साउदी अरब लगायतका खाडी मुलुकमा कठिन श्रम गरिरहेका छन् । अपबादमा कोही कोही साथीहरुको लहै लहैमा लागेर समेत बैदेशीक यात्रामा निस्कने गर्दछन् ।
हाम्रो देशका शिक्षित नागरिकहरुलाई रोजगारीको हक सुनिशिच गर्न, आफ्नो क्षमता अनुसारको रोजगारी छनोट गर्ने अवसर प्रदान गरेको भए अहिले शिक्षित युवाहरु खाडी मुलुकमा दुःख कष्ट गर्नु पर्दैनथ्यो । बादलमाथि सात समुन्द्र पारि विदेशमा आफुले साचे जस्तो र भनेको जस्तो काम पनि पाउँदैनन्, तर पनि आफुलाई समालेर भएनि विदेशमा वस्न बाध्य हुन्छन् । आफ्नो घर परिवारको हालतलाई सम्झेर उनिहरुको भविष्यलाई सम्झेर पनि बस्नु परेको हुन्छ । सबैलाई थाहा भएकै कुरा हो, दुःख नगरी सुख कहिले मिल्दैन ।

हुंदा खाने र हुने खाने दुबै जो भएपनि आआफ्नो बाध्यताबाट नै बैदेशीक रोजगारमा गएका हुन्छन् । जुन जुन कारणबाट बैदेशीक रोजगारीका लागि बिदेशीएपनि मुलुक निर्माणका लागि सबै नेपालीहरु नेपाल फर्किन आवश्यक छ, अनि नेपालबाट दैनिक रुपमा बिदेशीने नेपालीहरुले बैदेशीक यात्रा आजैबाट त्यागेर नेपालको आर्थिक उन्नतीमा लाग्न जरुरी छ, मैले त बाँचे पनि मरेपनि आफ्नो मुलु कहिल्यै नछाड्ने निर्णय गरिसकेकी छु, तपाई पनि आजैबाट आफ्नो मुलुकलाई माया गरी मुलुकमा नै बसेर सुख दुःखमा रमाउने प्रण गर्नुहोस भन्ने मेरो दृढ ईच्छासहितको महेन्द्रनगरकी चेलीको आह्वान छ ।

नेपालीहरु जो बिदेशमा अमेरिका, बेलायत, क्यानडा, फ्रन्स, चीन, भारत, अष्ट्रेलीया, यूरोप खाडी मुलुकहरु जहाँ भएपनि तपाईहरुसंग अनुभब छ, तपाईहरुले जीबन बुझ्नुभएको छ, अझैपनि समय छ तपाई हामी मिली मुलुक निर्माण गरौं, लागौं, आजैबाट फर्किनुस मातृभूमि नेपाल । दुःख सुखमासंगै आफ्नै देशमा जिउने कसम खाउ ।