सामाजिक सञ्जाल

काठमाण्डौको जाम हटाउन नसक्नेले रेल कुदाउछु भन्नु हास्यास्पदः डा भट्टराई

काठमाण्डौ । नयाँशक्ती पार्टीका संयोजक एबं पूर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमा रेल लयाउने योजनाको ब्यंग्यात्मक बिरोध गरेका छन् ।

डा. भट्टराईले काठमाण्डौमा भएको जामलाई नियन्त्रण गर्न भित्री बाटो बनाउन नसक्नेले रेलको कुरा गर्नु हास्यास्पद भएको दाबी गरेका छन् । उनले बिना स्पष्ट योजना रेल कुदाउने सपना देख्नु हाँस्यास्पद भएकोतर्फ संकेद गर्दै काठमाण्डौको जामलाई जोडेर उदाहरण दिएका छन् ।

उनले आज बिहानै आफ्नो ट्वीटर एकाउण्टमा ट्वीट गर्दै भनेका छन् झण्डै ३ घन्टादेखि नागढुंगाबाट निकै तलसम्म भयंकर सडक जाम छ ! हिसिला यमि सहित नयाँ शक्तिको हेडक्वार्टर टिम लगायत हजारौं यात्रु अलपत्र छन् ! विरामी, वयोवृद्ध र वालवच्चाको के हाल होला ! विचरा लोकल ट्राफिक प्रहरी निरीह छ ! एउटा वैकल्पिक बाटो अस्थायी भए पनि किन बन्दैन ? खालि रेलरपानी जहाजका सपना !

डा. भट्टराई प्रधानमन्त्री हुंदा बाटो बिस्तार गरे जनतामा लोकप्रीयता कमाएका थिए । उनको ट्वीट