समाचार

काँग्रेस आईका अध्यक्ष राहुन गान्धी नेपालका बिभिन्न स्थानका धार्मिक यात्रामा !

काठमाडौँ । भारतीय काङ्ग्रेस आईका अध्यक्ष राहुल गान्धी आज यहाँबाट ल्हासातर्फ प्रस्थान गरेका छन्।

धार्मिक यात्राका लागि मानसरोवर जाने क्रममा शुक्रबार काठमाडौँ आएका अध्यक्ष गान्धी एयर चाइनाको उडानबाट आज दिउँसो ल्हासा प्रस्थान गरेको सुरक्षा स्रोतबाट जानकारीमा आएको छ ।

काठमाडौँमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि वङ्गाल खाडीको प्रयास(बिम्स्टेक)को शिखर सम्मेलन चलिरहेको बेला गान्धी काठमाडौामा आइपुगेका थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका प्रमुख प्रतिपक्षी दलका अध्यक्ष गान्धी काठमाडौँमा एकै समय रहनुलाई एउटा संयोगकै रुपमा हेरिएको छ ।