समाचार

मुकुन्देको ठोकुवाः ०७६ साल जेठ १९ गते राति नेपालमा राजतन्त्र आउदैँछ !

काठमाडौं । सामाजिक सञ्जालमा देश दुनियाको समसामयिक बिषयवस्तुमा खरो टिकाटिप्पणी र भविष्यवाणी गर्ने मुकुन्द घिमिरे उर्फ मुकुन्देले फेरि एकपटक सनसनीपूर्ण भविष्यवाणी गरेका छन् । शनिबार ट्वीटमार्फत मुकुन्देले नेपालमा राजतन्त्र फर्किने मितिनै तोकेका छन् । उनले संघीयता धान्न नुसकेको बाहनामा ०७६ जेठ १९ गते राति गणतन्त्र फर्काईने ठोकुवा गरेका छन् ।

यो समाचार तयार पार्नुभन्दा केही समय अगाडी मुकुन्देले उक्त ट्वीट गरेका छन् । “रुसका राजा जार क्रेमलिनमै काटिए, चीनका राष्ट्रपति च्याङ काइ सेक ताइवानतिर लखेटिए, भारतबाट खैरेहरु बेलायत फर्किए, मुकुन्देको ट्वीटमा लेखिएको छ, नेपालमा चैं केही नभई गणतन्त्रको हल्ला चलाइयो, चमत्कार भनिएको परिवर्तनमा बलात्कार हुँदैछ, अब संघीयता धान्न नसकेको बहानामा ०७६ जेठ १९ गते राति फेरि राजतन्त्र फर्काईंदैछ।”

साच्चिकै नेपालमा राजतन्त्र फर्किएला त्यो भने समय आएपछि मात्रै थाहा हुनेछ ।

हेर्नुहोस् मुकुन्देको फेसबुक स्टाटस् जस्ताको त्यस्तैः–