राजनीति

प्रकाशमानको प्रधानमन्त्रीलाई प्रश्न, ‘मीठा भाषण गरेर मात्र मुलुकमा आर्थिक समृद्धी आउछ र ?’

काठमाण्डौ । नेपाली कांग्रेस चन्द्रागिरी नगर समिति काठमाडौले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता प्रकाशमान सिँहले भाषण गरेर मात्र समबृदि नआउने बतएका छन् । पूर्बमहामन्त्री समेत रहेका काँग्रेस नेता सिंहले सक्नेभए जनताले देख्नेगरी काम गरेर देखाउने बेला आएको बताएका छन् ।

सरकारले चर्चामा आउन जनतालाई ठुल्ठुला सपना बाँढेपनि नागरिकको जिउधनको सुरक्षा गर्न समेत चुकेको आरोप लगाएका छन् ।

दिनका दिन बलात्कार, हत्या जस्ता अपराधीक गतिबिधि भईरहदा समेत दोषीलाई कारबाहीको माग गरेर जनता सडकमा आउनु पर्ने परिस्थिति श्रृजना भएकोतिर ध्यानाकर्षण गर्दै नागरिक अधिकारका लागि सडकमा आएको जनताले उल्टै लाठि खानु पर्ने गोलि खायर मर्नु पर्ने परिस्थिति राम्रो नभएको तर्क गरेका छन् ।

दिनानुदिन जनताले धान्नै नसक्नेगरी महङ्गि बडढरहेकोछ जताततै कालोबजारि मौलाएकोछ जननतालाई दैनिकी धान्न हम्मेहम्मे परिरहेकोछ तर पनि सरकार सुसासनको भाषण मै रमाईरहेकोछ भन्दै कम्तिमा पनि जन जीवनका बिषयमा आसलाग्दो कामगरेर देखाउन सरकारलाई सुझाव दिएका छन् ।

एक फरक प्रसंगमा बोल्दै कांग्रेसको अहिलेको नेतत्रृत्वबाट पार्टि सुधार हुन नसक्ने भएकाले अब सबल प्रतिपक्षीको भुमिका निभाउन र जन्ताको भरोसार बिस्वास भएको पार्टीलाई पुनः पहिलो पार्टी बनाउन पार्टीभित्र आमुल सुधार रहेको समेत बताएका छन् । बाहिर चाहिँ पार्टी बिग्रेको छ भन्ने तर जसका कारण बिग्रेको हो उसकै सामुन्नेमा पुगेस्पिछिचाहि केहि नबोल्ने लगरी चाकरी गर्ने बानि छाडेर सत्यको पक्छ उभिन पार्टी कार्यकर्ताहरुला समेत अपिल गरेका छन् । मुख हेरेर हैन गतिविधि हेरेर नेताको पछिलाग्न समेत आग्रह गर्दै उनले सतारुढ दलहरु दुईतिहाई बहुमतको दम्ब देखाएर मनपरि गर्दैजाने आरोप लगाएका छन् । उनले पार्टी बिधिबिधानबाट नचल्ने कार्यकर्ताहरु बिचार छाडेर ब्यक्तीको पुजागर्न लाग्ने हो भने मुलुक अस्थिरता तिर जाने तर्क गर्दै पार्टीलाई झन झन हराएर जान सक्ने भएकाले गम्भीर भएर पार्टी सुधारको अभियानमा लाग्न सबैलाई अपिल गरेका छन् ।

नेता सिंहले, अब पनि कार्यकर्ताको चेत नखुल्ने हो भने पार्टीको अस्थित्व संकटमा पर्ने भएकाले जिम्मेवार बन्न आग्रह गरेका छन् । कार्यक्रम नगरसभापति घनश्याम गिरिको सभापतित्वमा भएको थियो भने आज दिन भर चलेको प्रशिक्षण कार्यक्रममा कांग्रेस काठमाडौ जिल्ला सभापति सबुझ बानियाँ, सांसद राजेन्द्र कुमार के सिले समेतले मन्त्बय राखेका थिए । एकदिनका लागि तय गरिएको प्रशिक्षण कार्यक्रममा कार्यक्रममा बिशेषगरी नागार्जुन नगरपालिका भित्रका अगुवा कार्यकर्ताहरुको सभागिता रहेको आयोजकले बताएको छ ।