शिक्षा

पूर्वाञ्चल विश्वविद्यालयको मानार्थ सल्लाहकारमा वैद्य नियुक्त

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयले नेपालका वरिष्ठ समाजसेवी प्राडा जगदीश वैद्यलाई विश्वविद्यालयको मानार्थ सल्लाहकारमा नियुक्त गरेको छ ।

सो विश्वविद्यालयले आज प्रकाशित प्रेस विज्ञप्तिमा भदौ ८ गते बसेको कार्यकारी परिषद्को निर्णयानुसार प्राडा वैद्यलाई सो पदमा नियुक्त गरेको हो । समाजसेवी वैद्यले विभिन्न विश्वविद्यालय एवं शिक्षण संस्थालाई सरस्वतीको मूर्ति प्रदान गरेका छन् ।