खेलकुद

मलेसियालाई पाखा लगाउदैँ नेपालको पहिलो जित दर्ता

काठमाडौं । एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित दर्ता गराएको छ । शनिबार भएको खेलमा मलेसियालाई १९ रनले हराउदैँ पहिलो जित निकालेको हो । यसअघि नेपाल लगातार दुइ देशसँग पराजित भइसेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ७ विकेट गुमाउदैँ १८८ रन बनाएको थियो ।

वर्षाका कारण ढिलो गरी खेल सुरु भएका कारण ३०-३० ओभरमा छोट्याइएको थियो । निर्धारित ३० ओभरमा नेपालले ७ विकेटको क्षतिमा १८८ रन बनाएको थियो । १८९ रनको लक्ष्य पाएको मलेसिया ब्याटिङका लागि मैदानमा उत्रिँएको थियो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र मोहम्मद आरिफ शेखले अर्धशतकीय पारी खेलेका थिए । शेखले सर्वाधिक ६४ रन बनाएर अविजित रहँदा ऐरीले ५४ रन बनाए ।