मनोरञ्जन

तहल्का मच्चाउदैँ सोनिकाको नयाँ म्युजिक भिडियो “मैले भुल गरे” (हेर्नुहोस् भिडियो)

काठमाडौं । लोकप्रिय भिडियो जर्नालिष्ट तथा छोटो समयमै आफ्नो पृथक छवि बनाएकी चर्चित मोडेल सोनिका रोकाया अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सामािजक सञ्जाल युट्युबमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो ।

नेपाल आइडलका शीर्ष तीनमा पर्न सफल गायक प्रताप दासको आवाजमा रहेको गीत “मैले भुल गरे” बोलको गीतको भिडियोले अहिले तहल्का मच्चाईरहेको छ । समिर बानेम लिम्वुको शब्द तथा संगीतमा तयार पारिएको गीतलाई जशु याक्खाले निर्देशन गरेका हुन ।

गीतमा मायालु जोडिको रुपमा चर्चित मोडेल तथा भिजे सोनिका र जिवन राईलाई फिचरिङ् गरिएको छ । मुकेश हुमागाईँले खिचेको उक्त भिडियोलाई अमृृत चापागाईँले सम्पादन गरेका छन् । यो समाचार तयार पार्दासम्म गीतलाई २७ हजार बढी पटक हेरिसकिएको छ भने डेढ सयको हाराहारीका आएका सबै प्रतिक्रिया गीतको पक्षमा छन् ।

हेर्नुहोस् भिडियो:-