राजनीति

अध्यक्ष बस्नेतमाथी भएको ओली सरकारको ज्यादतीको बिरुद्ध अन्तर्राष्ट्रिय क्षेत्रले यसरी उठायो आवाज

काठमाडौं। नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत, प्रेश यूनियनका महासचिब अजयबाबु सिवाकोटी लयायतका सयौं युवाहरुलाई शान्तीपूर्ण आन्दोलन गरिरहेका बेला काठमाण्डौको नयाँबानेश्वरमा प्रहरीले कुटपीट गर्ने घटनाको अन्तर्राष्ट्रिय स्तरबाटै बिरोध भएको छ । नेपालमा भईरहेका नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारबाट शान्तीपूर्ण आन्दोलनमा भईरहेका हस्तक्षेपको समाजवादी यूवाहरुको अन्तराष्ट्रिय संघ यूजीले बिरोध जनाउदै उक्त कार्य बन्द गर्न आग्रह गरेको छ।

पेट्रोलीयम पदार्थमा मूल्यबृद्धी को बिरोधमा, डा. गोबिन्द केसीको ज्यान बचाउन गरेको नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलको आन्दोलनमा प्रहरीले आवश्यक्ताभन्दा बढी हस्तक्षेप गरेको भन्दै पछिल्लो समयमा कञ्चनपुरमा भएको निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनामा सरकारको बल प्रयोग हुनु र उक्त बल प्रयोगबाट एक बालकको निधन हुनुमा सरकारको भत्र्सना गरेको छ । साथै नेकपाका नेता भीम रावलले उक्त स्थानमा भएको भड्काउमा साम्य पार्ने रणनीति अपनाउनु त कता हो कता हो उल्टै काँग्रेसलाई उक्त भड्काउमा सहभागी भएको आरो लगाउनु गल्ती भएको बताएको छ ।

खासगरि प्रदर्शनका क्रममा यूवाहरु विरुद्ध अत्यधिक बल प्रयोग गरि दमन गरिएकोमा यूजीले आफ्नो चासो व्यक्त गरेको हो।

कञ्चनपुरमा गरेको प्रदर्शनमा प्रहरीले भदौ ८ गते गोली चलाउदा १७ बर्षिय सन्नी खुनाको मृत्यु हुन र अन्य २४ जना घाइते हुनु दुःखद भएको बताएको छ ।

कञ्चनपुर घटनामा दोषी पक्राउ गर्नुको सट्टा उल्टै अनावश्यक प्रचारबाजीमा सरकार लागेको संकेत गर्दै बर्तमान सरकार युवाहरुले गरेको शान्तीपूर्ण आन्दोलन दबाउन जस्तोसुकै कदम चाल्न तयार रहेको घटनाक्रमले देखाएको यूजीको निष्कर्ष छ ।

यूजिले बलात्कारीलाई कारबाही गर्नुपर्ने सरकारको सामान्य दायीत्य भएको भन्दै यूजीले अपराधीक कृयाकलाप बढेकोमा मानबअधिकार लगायतका सरोकारवालाहरुलाई समेत ध्यानाकर्षण गरेको छ ।

Link: http://iusy.org/category/home/iusy-to-the-nepali-government-stop-the-violence-against-youth-protesters/

 

http://l.facebook.com/l.php?u=http%3A%2F%2Fiusy.org%2Fcategory%2Fhome%2Fiusy-to-the-nepali-government-stop-the-violence-against-youth-protesters%2F&h=AT3yk6Qapk9uTxrGLUSeI5eqIbaOtI_6hAmZF35dtiariOsmV9kSThER3RQsFo5M_SGksU4erf1tM4ZM5nsvrImGiucntfidzhPdnNy97nePOnzKBVinjrrcB3aAjjeY&s=1