कर्णाली प्रदेश

भू–जलाधारका कार्यालय स्थापना

सुर्खेत । कर्णाली प्रदेशमा भू–जलाधार व्यवस्थापन कार्यालय स्थापना भएको छ । यसअघि जिल्ला–जिल्लामा रहेका भूसंरक्षण कार्यालय सङ्घीय संरचनासँगै खुम्चिएका छन् । प्रदेश वन निर्देशनालयअन्तर्गत सुर्खेत र जुम्लामा भू–जलाधार व्यवस्थापन कार्यालय कायम भएका हुन् ।

सुर्खेतमा स्थापना भएको कार्यालयले सुर्खेत, दैलेख र सल्यान जिल्ला हेर्ने भू–जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख शिवराम अधिकारीले वताए । सुर्खेत कार्यालय साबिकको जिल्ला भू–संरक्षण कार्यालयमै स्थापना गरिएको छ । जुम्लाले माथिल्लो कर्णालीका पाँँच जिल्ला हेर्नेछ । जाजरकोटस्थित भू–जलाधार व्यवस्थापन कार्यालय भने सङ्घ मातहत हुनेछ । यस कार्यालयले पश्चिम रुकुम पनि हेर्नेछ ।

कार्यालय उदघाटन कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले चालू आवमा जलाधार क्षेत्रमा १७ करोड बजेट विनियोजन गरेको भन्दै त्यसको सही सदुपयोग हुने गरी कार्ययोजना बनाउन निर्देशन दिए ।