मनोरञ्जन

चलचित्रको पहिलो गीतबाट वाहीवाही पाएकी एलिजा अभिनित ‘अनुराग’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

काठमाडौं । नवनायिका एलिजा गौतमको ‘अनुराग’को ट्रेलर रिलिज भएको छ । असोज १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र अनुरागको ट्रेलर शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

लभ जनरामा बनेको उक्त चलचित्रमा एलिजा र समुन्द्र‍ पौडेलसँगै सरोज खनाल, रूपा राना, राजाराम पौडेल, शिशिर रानालगायतको अभिनय रहेको छ। सत्यराज चौलगाईंको निर्देशनमा तयार भएको फिल्ममा एलिजा गौतम र समुन्द्र पण्डितको मुख्य भूमिका रहेको छ।

उक्त चलचित्रमा लोकप्रिय पत्रकार ऋषि धमलाको मुख्य लगानि रहेको छ भने एलिजा गौतम, भरत गौतम र गीता भेटवाल चलचित्रका सहनिर्माता हुन् । रामकुमार केसीको छायाङ्कन रहेको उक्त फिल्मलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । यो समाचार तयार पार्दासम्म उक्त ट्रेलरलाई ३४ हजार बढीले हेरिसकेका छन् । ट्रेलरमा आएकामध्ये सबै प्रतिक्रिया प्रायः सकारात्मक छन् ।