समाचार

निर्मला बलात्कारको घटना सेलाउन नपाउदैँ कञ्चनपुरमा अर्की किशोरीमाथि ४ जनाद्वारा सामूहिक बलात्कार

काठमाडौं । कञ्चनपुर भिमदत्तनगरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको समाचार सेलाउन नपाउदैँ अर्को सामूहिक बलात्कारको घटना प्रकाशमा आएको छ ।

किशोरीको घरमा पुजा परेको मौकामा एक युवकले उनलाई सडकमा बोलाई मोटरसाइकलमा लगि बलात्कार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार किशोरीमाथि गएराती सामूहिक बलात्कार भएको थियो । सामूहिक बलात्कारको आंशकामा लागेका ४ जना फरार भएका छन् ।

प्रहरीले सो घटनाको सम्बन्धमा अनुसन्धान आगाडी बढाएको छ ।