समाचार

बिमस्टेकको दोस्रो अर्थात अन्तिम दिनः ‘काठमाडौं घोषणापत्र’ जारी गर्दै यसरी समापन हुदैँछ सम्मेलन !

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन शुक्रबार अर्थात आज काठमाडौँं घोषणापत्र जारी गर्दै समापन हुदैँछ । बिहीबारदेखि होटल सोल्टीमा सुरु भएको सम्मेलनको दोस्रो शत्र सुरु हुनुअघि सम्मेलनमा सहभागी सबै सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुलाई सोल्टीमै ‘रिट्रिट’ दिइएको छ । दोस्रो दिनको समापन बैठक केही ढिला गरी सुरु भएको छ ।

शत्रको सुरुमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकको निर्णयसम्बन्धी रिर्पोट प्रस्तुत गर्दै मन्त्रस्तरीय बैठकको अध्यक्षको हैसियतमा उनले मन्तव्य राखे ।

सम्मेलनको पूर्वनिर्धारित कार्यक्रम अुनसार केहीबेरमा “बिम्स्टेक शिखर सम्मेलन काठमाडौं घोषणापत्र” पारित हुने, त्यसपछि साढे १२ बजेतिर सामूहिक फोटो खिचेर र संयुक्त पत्रकार सम्मेलन गर्दैै सम्मेलन समापन भएको घोषणा गरिनेछ ।

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशी प्रधानमन्त्री शेख हशिना, म्यानमारका राष्ट्रपति विन मिन्ट, थाइल्यान्डका प्रधानमन्त्री प्रयुट व(चा, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्यान्पोछिरिङ वाङचुक र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना गरी विदेशी ६ राष्ट्रसहित ७ देशका सरकार र राष्ट्र प्रमुखको सहभागीता रहेको छ ।