आर्थिक

सहकारी ठगीको आरोपमा जनाविरुद्ध मुद्दा

विराटनगर । जिल्ला अदालत मोरङमा प्राइम सहकारी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धकसहित नौ जनाविरुद्ध ठगी गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ ।

विराटनगर महानगरपालिका–९ मा सञ्चालित उक्त सहकारीका प्रमुख ईन्द्रलाल श्रेष्ठ, प्रबन्धक तथा सचिव ईश्वर श्रेष्ठ र उपाध्यक्ष विष्णुप्रसाद सुवेदीसहित नौ जनाविरुद्ध सर्वसाधारणले बचत गरेको करोडौँ रकम हिनामिना गरेको आरोपमा ठगी मुद्दा दर्ता गरिएको हो ।

पक्राउ परेका तीन जनासहित नौ जनाविरुद्ध मुद्दा दायर गरेको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए । प्रहरीले सर्वसाधारणको बचत ठगी आरोपमा तीन जनालाई पक्राउ गरिसकेको छ भने अन्य छ जना फरार रहेका छन् ।

उक्त सहकारीमा एक जना बचतकर्ताले रु २५ लाखसम्म रकम बचतमा जम्मा गरेका थिए ।