प्रदेश 1

दुई विधेयक प्रमाणीकरण

पथरी, मोरङ । १ नं प्रदेश प्रमुख प्रा डा. गोविन्दबहादुर तुम्वाहाङले आज दुई विधेयक प्रमाणीकरण गरेका छन् । प्रमाणीकरण गरिएका विधेयकहरूमा जिल्ला सभाको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ रहेका छन् ।

प्रदेशसभाको विभिन्न बैठकबाट पारित भई प्रदेश प्रमुखको कार्यालयमा प्रमाणीकरणका लागि प्राप्त हुन आएको दुवै विधेयक प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुरागार्इंले बताए । हालसम्म प्रदेशसभाबाट निर्णय भई आएका १५ वटा विधेयक प्रमाणीकरण भइसकेको प्रदेश सचिव गुरागाईंको भनाइ छ ।